पछिल्लो २४ घण्टमा नेपालमा कोरोना भाइरसका १२ सय ७२ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १ हजार ५ सय ७५ जना संक्रमणमुक्त भएका छन् ।
आजसम्म २ लाख २१ हजार ८ सय ४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।








