सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
शनिबार बसेको सचिवालय बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन स्थायी कमिटीमा पेस गर्ने निर्णय गरेको हो ।
सचिवालय बैठकले पार्टीमा देखिएको विवाद समाधान गर्न नसकेपछि सबै प्रस्तावसहित स्थायी कमिटीको बैठकमा छलफल गरिने र त्यहिबाट टुङ्गो लगाउने तयारी भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले ब ताए ।
श्रेष्ठका अनुसार पूर्व निर्धारित समयअनुसार भोलि आइतबार १ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय भएको छ । ।








