आगामी मङ्सिर २९ गते कांग्रेसले सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने



नेपाली कांग्रेसले आगामी २९ गते सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने भएको छ । बारीष्ठ नेता राममचन्द्र पौडेलमाथिको दुर्व्यवहारविरुद्ध कांग्रेसले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने भएको हो ।

सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो निर्णय गरेको नेताअहरुले बताएका छन् ।

तेस्तै बैठकले राष्ट्रिय रूपमा उठेका जिवन्त प्रश्नहरू संगै देश र जनताका ज्वलन्त विषयहरुमा छलफल गर्न संघीय संसदको बैठक बस्न अत्यावश्यक भएकोले संसद बैठक अविलम्ब बोलाउन सरकार र सभामुख समक्ष माग गर्ने पनि निर्णय गरेको छ ।

कांग्रेस नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहार, सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार र सरकारको दमन नीतिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार  ११ : ४४ बजे