प्राधाअनमन्त्री ओलिको अनुपस्थितिमा आज बसेको नेकपाको न्स्थायी कमिटी बैठक सकिएको छ । आईतबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठक आन्तरिक गृहकार्य गर्ने भन्दै मङ्सिर २८ सम्मकालागि बैठक स्थगन गरेको हो।आजको बसेको बैठकले पुस ५ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय पनि गरेको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली उपस्थित नहुँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा बोलेका थिए।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफू बैठकमा उपस्थित हुन नसकेको भन्दै पत्र पठाएका थिए। उक्त पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले बाचन गरेका थिए। पत्रमा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमाथि स्थायी कमिटी बैठकमा छलफल हुन नसक्ने बताएका छन् । आइतबार सचिवालय बैठकमा पत्र पठाउँदै उनले आफू बैठकमा नआउनुको कारण प्रचण्डको प्रस्ताव भएको खुलाएका हुन् ।
ओलीले पठाएको पत्र सचिवालय बैठकमा ईश्वर पोख्रेलले पढेर सुनाएको र पत्रमा ओलीले आफनो पूर्वमान्यता अर्थात् अध्यक्ष दाहालको प्रस्तावलाई बैठकमा औपचारिक छलफल गर्न नसकिने धारणामा रहेकाले बैठकमा अनुपस्थित भएको उल्लेख रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।आजको बैठकमाकार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मात्रै धारणा राखेका थिए।








