पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ हजार ९६ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २ लाख ४० हजार ९ सय ८१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तेस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १७ कोरोना संक्रमितको मृत्यु भएको हो ।
यस सगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५९४ पुगेको छ ।
आज १ हजार ७ सय ५२ जना संक्रमणमुक्त भएका छन् ।
आजसम्म् २ लाख २५ हजार ८ सय ५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।








