नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडा कम्युनिष्टहरुले भोट लिने वेला मात्र मधेसलाई प्रयोग गरेको र जिति सके पछि मधेसलाई वेवस्ता गरेको बताएका छन ।
बोदे बर्साइन नगरपालिका वडा नम्बर ४ सप्तरीमा भएको पार्टी कार्याकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले हिजो मधेसबाट दुख गरेको कुनै पनि मधेसीले नेकपाभित्र अवसर नपाएको जिकिर गरे ।
दुई तिहाईको सरकार आफ्ना कार्यकर्ताहरुलाइ ब्यबस्थापन र भ्रष्टाचारमै दुबेको र मुलुक निर्माण गर्नमा वस्तानै नगरेको खतिवडाले आरोप लगाए ।
उनले गाउँ-गाउँबाट गुट र आरोपको राजनिती अब पार्टीबाट अन्त्य गर्न पनि उनले अनुरोध गरे ।
नेपाली काङ्ग्रेस पार्टी कमजोर हुँदा नेपालमा लोकतान्त्रिक पद्धति र जनजिविकाको सवालहरु कमजोर भएकोमा खतिवडाले चिन्ता ब्यक्त गरे ।








