प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार विहान ११ बजे सर्वदलीय बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार प्रधानमन्त्रीले समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीले गएको वैशाख ३१ मा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि छलफलका लागि बोलाएका थिए ।
पछिल्लो समय विशेषगरी गणतन्त्र, धर्मनीरपेक्षता र संघीयतामाथि प्रहार हुन थालेपछि ओलीले सर्वदलीय बैठक बोलाएको बताइन्छ ।
कतिपयले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवादलाई अन्यत्र मोड्न ओलीले नयाँ अस्त्र फयाँकेको समेत भनेका छन ।








