विप्लव नेकपाद्वारा मोरङमा शिक्षकको गोली हानी हत्या



नेत्रविक्रम चन्द विप्लव समूहले मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या गरेको छ।

प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार मिक्लाजुङ गाउँपालिका-१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो।

उनलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर विप्लव माओवादीले हत्या गरेको प्रहरी उपरीक्षक खड्काले बताए।

प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार  ५ : ३४ बजे