नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपाली कांग्रेसका आम कार्यकर्ताको चाहना आफुलाई सभापतिका रुपमा हेर्ने रहेको बताएका छन् । सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकपछि संचारकर्मीसंग बोल्दै उनले आम कार्यकर्ताको इच्छा आफुलाई कांग्रेसको सभापतिको रुपमा हेर्ने भएको बताए ।
उनले भने– ‘कार्यकर्ताको इच्छा मलाई सभापति भएको देख्ने छ तर रामचन्द्र दाई, प्रकाशमानजी, शेखर दाइ, सुजातालगायत जिम्मेवार व्यक्तिसँग छलफल भएको छैन ।’ उनले महाधिवेशनमा आफू कुन पदमा लड्ने भन्ने विषयमा टुङ्गो पार्टीभित्रका जिम्मेवार साथीहरुसंगको छलफल पनि मात्र लाग्ने बताए । महामन्त्री कोइरालाले पार्टीको १४ औं महाधिवेशन फागुनमा सम्भव नभएको पनि बताए ।
कोइरालाले भने– ‘क्रियाशील लगायतका सबै काम गर्नका लागि पनि अझै समय लाग्ने भएकाले पार्टीको महाधिवेशन चैत अन्तिम साता वा वैशाखमा गर्नुपर्छ । मङ्सिर मसान्तसम्म जिल्लाबाट क्रियाशील सदस्य आउनुप¥यो । त्यसमा दावी विरोध हुन्छ । त्यसलाई समय दिनुप¥यो ।’
डा कोइरालाले अहिलेका अवस्थामा कांग्रेस सरकारमा नजाने स्पष्ट पारे । उनले अहिलेको अवस्थामा पार्टी सरकारमा जाँदा पार्टीलाई ठूलो घाटा लाग्ने बताए ।








