पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १२ सय १७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तेस्तै पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।
आज १ हजार ६४ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ३१ हजार ६ सय १ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।








