कांग्रेस युबा नेता एबम केन्द्रिय सदस्य प्रदिप पौडेलले समाजमा न्याय सिकाउने एउटा शिक्षक दिन दहाडै मारिने क्रम नरोकिनु दुखद भएको बताएका छन ।मोरङमा बिप्लब समुहका कार्यकर्ताहरुले शिक्षकको हत्या गरेको घटनाप्रती सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी गर्दै नेता पौडेलले यस्तो बताएका हुन ।
उनले बन्दुकको नालबाट निक्लेका छर्राले अब कुनै क्रान्ति नहुने क्रान्ति हुन विचारको लडाइँ चाहिने उल्लेख गरेका छन ।उनले भनेका छन “समाजमा न्याय सिकाउने एउटा शिक्षक दिन दहाडै मारिन्छ।मार्नेहरु हत्या गरेर बहादुरी देखाउँछन् ।क्रान्तिपो भयो भन्छन् ।हिजो हजारौं निर्दोषको ज्यान लिएर आज सत्तासीनहरुलाई हेर के यही हो क्रान्ति ?बन्दुकको नालबाट निक्लेका छर्राले अब कुनै क्रान्ति हुँदैन।क्रान्ति हुन विचारको लडाइँ चाहिन्छ “








