काभ्रेका एक दर्जन युबाहरु कांग्रेसमा प्रबेश : महामन्त्री डा. कोइरालाले गरे पार्टिमा स्वागत



काभ्रे जिल्लाको तिमाल गाउपालिका वडा नम्बर ४ का एक दर्जन युबाहरु  नेपाली कांग्रेसमा प्रबेश गरेका छन ।कांग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाको निबास महाराजगञ्जमा शनिबार आयोजित पार्टी प्रबेश कार्यक्रममा उनिहरु कांग्रेस प्रबेश गरेका हुन ।

यसअघी शनिबारनै काभ्रेको चौरी देउराली गाउपालिकाका कारीब दुइदर्जन युबाहरु बिभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रबेश गरेको काभ्रे कांग्रेसका नेता सिबी लामाले बताए ।

नबप्रबेशिहरुलाई महामन्त्री डा. कोइराला र काभ्रे कांग्रेसका नेता सिबी लामाले खादा र अबिरले स्वागत गरे ।उनिहरुलाई पार्टिको साधारण सदस्यता प्रदान गर्दै महामन्त्री कोइरालाले युबाहरुको प्रबेशले काभ्रेमा नेपाली कांग्रेस थप बलियो हुने बिश्वास ब्यक्त गरे ।

कोइरालाले पछिल्लो समय युबाहरुमा कांग्रेसप्रती आकर्षण बढीरहेको बताए ।उनले कम्युनिष्टहरु देशको नेतृत्वमा पुग्दा देश र जनताको अवस्था झनै दयनिय बनेको भन्दै बिकाश सम्बृद्दी र स्थिरताको बाटोमा देशलाई हिडाउन कांग्रेसको बिकल्प नभएको धारणा राखे ।

कोइरालाले आगामी महाधिबेशनपछी पार्टी नयाँ जागरणका साथ जनताको घर दैलोमा जाने दाबी गरे ।

प्रकाशित मिति : मंसिर २७, २०७७ शनिबार  ११ : ५२ बजे