प्राधनमन्त्री केपी ओलिले आज बोलाएको संवैधानिक परिषद्को बैठक नहुने भएको छ । बैठक आज बिहान ९ बजेलाई तय गरिएको थियो ।
नेकपाको स्थायी कमिटीको बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएका थिए । पार्टीभित्रको विवाद यथावत् रहेको अवस्थामा बैठक स्थगित गर्न प्रधानमन्त्रीलाई नेकपाभित्रैबाट दबाब थियो ।
त्यस्तै काङ्ग्रेस सभापति देउवालाई पनि बैठकमा नजान पार्टीभित्र दबाब थियो । सोमबार सरकारविरूद्ध देशव्यापी विरोध प्रदर्शन राखिएकाले परिषद्को बैठकमा सहभागी भएर भागबन्डा गर्न नहुने र त्यसले गलत सन्देश जाने काङ्ग्रेस नेताहरूले बताउँदै आएका थिए ।








