त्रीचन्द्र क्याम्पसबाट सरकारबिरुद्द नेविसंघको सिठ्ठी जुलुस



नेपाली कांग्रेसले भोलि सरकारविरुद्ध देशैभर गर्न लागेको प्रदर्शनलाई सफल पार्न नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सिठ्ठी जुलुस निकालेको छ ।

राजधानिको त्रिचन्द्र क्याम्पसबाट संघले जुलुस निकालेको हो ।

प्रदर्शनमा सहभागिहरुले मंसिर २९ गतेको विरोध सभा सफल पारौं लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरेका थिए भने सरकारबिरुद्द नाराबजी गरेका थिए।

प्रदर्शनमा संघका अध्यक्ष राजिब ढुङ्गना, महामन्त्रीहरु दिपक भट्टराइ, उर्मिला थपलिया, मनोज बैध्य र अन्य नेता कार्यकर्ताहरु उपस्थित थिए ।

प्रकाशित मिति : मंसिर २८, २०७७ आइतबार  १२ : ३८ बजे