हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र देशको पहाडी भूभागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । बिहान साढे ६ बजेको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् निराजन सापकोटाले बताए ।
महाशाखाका अनुसार सोमबार दिउँसो प्रदेश नं १ लगायत देशको पहाडी भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भूभागका १(२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।
सोमबार राति प्रदेश नं १ लगायत देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, मंगलबार दिउँसो प्रदेश नं १ लगायत देशको अन्य पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।
मंगलबार राति प्रदेश नं १, लुम्बिनी प्रदेश र बाग्मती प्रदेश लगायत देशको अन्य पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै, बुधबार दिउँसो देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।
बुधबार राति देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।








