कोरोना अपडेट : विश्वभर २ करोड सक्रिय संक्रमित, ५ करोड संक्रमणमुक्त



विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ७ करोड २६ लाख नाघेको छ ।

जसमध्ये १६ लाख १८ हजारको मृत्यु भएको छ ।

अहिलेसम्म ५ करोड संक्रमणमुक्त भएका छन् । २ करोड सक्रिय संक्रमित छन् ।

सबैभन्दा बढी अमेरिकामा एक करोड ६७ लाख कोरोना संक्रमित छन् ।

त्यहाँ ३ लाख ६ हजारको मृत्यु भइसकेको छ ।

भारतमा ९८ लाख संक्रमितमध्ये एक लाख ४३ हजारको मृत्यु भएको छ ।

प्रकाशित मिति : मंसिर २९, २०७७ सोमबार  ३ : ५४ बजे