काठमाण्डौमा चिसो बढ्यो : यस्तो छ देशभरी मौसमको अवस्था



काठमाडौं उपत्यकामा आज यो वर्षकै चिसो मापन गरिएको छ । बिहान साढे ६ बजेको तापक्रम २ .३ डिग्री सेल्सियस मापन गरिएको छ ।

यो आजसम्मको यो वर्षकै न्यून तापक्रम हो । दिउँसो १७–१९ डिग्री सेल्सियस तापक्रम रहने छ ।

यसै बिच हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल पूर्वी तथा पश्चिमी नेपालको तराई भू-भागमा हुस्सु-कुहिरो लागिरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष २ गते (बिहीबार)

दिउँसो : प्रदेश नं १ तथा गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ३ गते (शुक्रबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : प्रदेश नं १, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ४ गते (शनिबार)

दिउँसो : प्रदेश नं १,बागमती प्रदेश तथा गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : पुस २, २०७७ बिहिबार  ३ : ४१ बजे