संसद विघटनको सिफारिस संविधान विपरीत : कांग्रेस बरिष्ठ नेता पौडेल



नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनका लागि गरिएको सिफारिस गर्नु यो संविधान विपरीत भएको बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिंदै बरिष्ठ नेता पौडेलले संसद विघटनको सिफारिसलाई राष्ट्रपतिले कुनैपनि हालतमा स्वीकृत गर्नुहुँदै भनेका छन ।

पौडेलले भनेका छन्, “यस्तो अवस्थामा राष्ट्रपतिले अभिभावकीय जिम्मेवारी देखाउनुपर्छ । मुलुकलाई अस्थीरता तर्फ लैजाने अवस्थालाई राष्ट्रपतिले सहीछाप गर्नुहुँदैन ।”

उनले थप भनेका छ ,”मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकट तर्फ धकेल्ने गैर लोकतान्त्रिक कदमको घोर भत्सर्ना गर्दछु ।”

आइतबार विहान मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेर संसद विघटन गर्न सिफारिस गरेका थिए ।

प्रकाशित मिति : पुस ५, २०७७ आइतबार  ५ : ३७ बजे