नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गर्न गरेको सिफारिसपछी पार्टीले लिने आवश्यक कदम र थप धारणा बारे छलफल गर्न आजै १ बजे उपत्यकामा उपलब्ध पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएको छ । पार्टी प्रबक्ता बिश्वप्रकाश शर्माअले बिज्ञप्तिमार्फत बैठक बोलाईएको जानकारी दिएका हुन ।
बिज्ञप्तिमा नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गर्न गरेको सिफारिसलाई गम्भीरपूर्वक लिएको भन्दै अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याउन आग्रह गरेको छ ।
कांग्रेसले यो कदम संविधानको अक्षर, मर्म र भावना विपरीत भएको भन्दै यसलाई राजनीतिक रुपमा गम्भीर रुपले प्रतिवाद गर्ने पनि जनाएको छ ।
‘चुनावको बेला स्थिरताको चर्को नारा दिने अनि आफ्नो पार्टीभित्रको द्धन्द्धको परिणाममा मुलुकलाई अस्थिरतातर्फ पुनः धकेल्न खोज्ने प्रवृत्ति निन्दनीय छ विज्ञप्तिमा भनिएको छ ।’








