नेकपाद्वारा ओलीलाई कारबाही, ७ गते बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने



सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि अनुशासनको कारबाहीका लागि केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको छ । त्यसका लागि केन्द्रीय समिति बैठक पुस ७ गतेका लागि बोलाइएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको नेकपा स्थायी कमिटीको बैठकले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको हो । कारबाहीबारे औपचारिक निर्णय भने केन्द्रीय कमिटीले प्रवक्ता नारायण्काजी श्रेष्ठले बताए ।

बैकठले सरकारको संसद विघटनको कदम अस्वीकार गरेको छ भने पूर्वसभामूख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

सरकारको कदम असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी भएको ठहर गर्दै त्यसको भर्त्सना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सरकारको सिफारिस राष्ट्रपतिले स्वीकार गर्नुपनि असंवैधानिक भएको निष्कर्ष बैठकले गरेको छ । श्रेष्ठका अनुसार नेकपाले कानुनी उपचार खोज्ने भएको छ ।

प्रकाशित मिति : पुस ५, २०७७ आइतबार  १२ : २२ बजे