पछिल्लो समय सोलुखुम्बुमा नेकपा परित्याग गरी कांग्रेसमा प्रबेश गर्नेको लहर चलेको छ ।गाउँ जागरण अभियान अन्तर्गत सोलुखुम्बुका बिभिन्न गाउपालिकामा भएका कार्यक्रमहरुमा सयौ नेकपा कार्यकर्ता कांग्रेसमा प्रबेश गरेका हुन ।
सोलुखुम्बुको सोताङ गाउपालिकामा आयोजित एक कार्यक्रममा नेकपा परित्याग गरि १३ जना कांग्रेसमा प्रबेश गरेका छन उनिहरुलाई नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले खादा लागाएर पार्टिमा स्वागत गरे ।केहि दिन अघी मात्रै नेता कार्किको उपस्थितिमा सोताङ गाउपालिकामै १७ जना नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश गरेका थिए ।


तेस्तै जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा न. ९ लोखिममा आयोजित एक कार्यक्रममा नेकपा परित्याग गरि २०० भन्दा बढी नेता कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रबेश गरेका छन ।उनिहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसि,नेता प्रकाश सिंह कार्की, कांग्रेस सोलुखुम्बुका सभापती बिनोद बस्नेत लगायतले पार्टिमा स्वागत गरे ।
उक्त कार्यक्रममा बोल्दै कांग्रेस नेताहरुले नेकपाले अलोकतान्त्रिक र संविधानविरोधी कार्य गरेर जनतालाई धोखा दिएको धारणा राखेका थिए ।जिल्लाब्यापी गाउँ जागरण तथा सङ्गठन बिस्तार अभियान लाई निरन्तरता दिइने नेताहरुले बताएका छन ।








