कांग्रेसले संसद विघटनविरुद्ध पुस १३ गते देशैभर आन्दोलन गर्ने



नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस १३ गते देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो।

बैठकमा शेरबहादुर देउवा इतरसमूहले संसद विघटनविरुद्ध पहिलो चरणको आन्दोलनको घोषणा गर्न दबाब दिएको थियो ।

बैठकमा चरणवद्ध आन्दोलनमा जानुपर्ने सुझाबहरु अत्याधिक आएको बैठकमा सहभागी कांग्रेस केन्द्रिय सदस्य दिपक गिरिले न्यू सञ्चारलाई बताए ।

प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्री ओली सरकारको कदमलाई कांग्रेसले असंवैधानिक भन्दै आएको छ ।

प्रकाशित मिति : पुस ९, २०७७ बिहिबार  ९ : २२ बजे