पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ६ सय १३ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ७ सय ३९ जना संक्रमणमुक्त भएका छन् ।
आजसम्म २ लाख ४७ हजार ४ सय संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।










