जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा .बाबुराम भट्टराईले प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि शुक्रबार साँझ गरेको मन्त्रिमण्डल विस्तारप्रती बैधानिकताको प्रश्न उठाएका छन ।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा .बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई ‘यो कहाँको विधि र पम्परा हो’ भनेर प्रश्न गरेका छन् ।
‘आफैं असंवैधानिक ढंगले संसद् विघटन र चुनावको घोषणा गर्ने अनि सडकबाट मान्छे टिपेर मन्त्रीमण्डल विस्तार र पुनर्गठन गर्ने,’ डा . भट्टराईले ट्विटरमार्फत प्रश्न गरेका छन्, ‘यो कहाँको विधि र परम्परा हो ?’
उनले अगाडि लेखेका छन्, ‘सत्ता चलाउने ध्येय स्पष्ट भएन र ? ज्ञानेन्द्रले गरेको यै हैन र ? संविधान लोकतन्त्रमाथि यस्तो खेलबाड हुॅदा चूप बस्ने हामी कि ओली मूर्ख ?’
आफै असंवैधानिक ढंगले संसद विघटन र चुनावको घोषणा गर्ने अनि सडकबाट मान्छे टिपेर मन्त्रीमण्डल विस्तार र पुनर्गठन गर्ने!यो कहाॅको विधि र परम्परा हो?सत्ता अकंटक चलाउने ध्येय स्पष्ट भएन र?ज्ञानेन्द्रले गरेको यै हैन र?संविधान/लोकतन्त्रमाथि यस्तो खेलबाड हुॅदा चूप बस्ने हामी कि ओली मूर्ख? pic.twitter.com/2sANQuQiFi
— Baburam Bhattarai (@brb1954) December 25, 2020










