नेकपा बिभाजनसगै प्रदेश नम्बर १ सरकार संकटमा परेको छ भने मुख्यमन्त्री राईका दिनगन्ती शुरु भएका छन् । प्रदेश ३ पछी अब प्रदेश १ मा अबिस्वाशको प्रस्ताब आउने भएको छ ।
प्रदेश १ का तीन जना प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टीका मन्त्रीले राजीनामा दिए सगै सरकार माथी सङ्कट शुरु भएको हो ।आइतबार बिहान ८ बजे सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय कुमार विश्वासले राजीनामा दिएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहका मुख्यमन्त्री शेरधन राईले शनिबार प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बोलाई अविश्वासको प्रस्ताव आउने झ्वाँकमा हटाएका थिए ।
नेकपा बिभाजन पछि प्रदेशहरूमा पनि खटपट शुरु भएको छ ।बागमती प्रदेशमा पनि मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध नेकपाका प्रचण्ड-माधव नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गरेका छन्।अब प्रदेश सरकारहरु धमाधम सङ्कट्मा पर्न थालेका छन ।








