मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनैतिक तरलताको ब्यबस्थापन,संविधान बमोजिम निर्बाचन : प्रदिप सत्याल



नेपाली राजनैतिक तरलताको अर्को शृङ्खला प्रधानमन्त्री केपी ओलिको संसद विघटनको कदमसंगै तरंगित भएको अबस्था छ ।अध्यादेशको राजनैतिक तरंग मार्फत उनले पार्टीका प्रतिपक्षीलाई थप रक्ष्त्मक बनाउने प्रयास प्रत्युत्पादक भएपछी उनी पछिल्लो बिकलपमा गएको आंकलन गरिएको छ । तथापि उनी शक्तिकेन्द्रको सहयोगिको भुमिका निभाइरहेको आलोचकहरुको टिप्पणीमा सत्यताको अंश छैन भन्नू अतिसयुक्ती नहोला । कोरोना महामारीको बिच बिकसित घटनाक्रम नेकपा आन्तरिक पार्टि राजनितीको अहिलेको पटाक्षेपको दृश्य आंकलन गर्न पर्याप्त थियो भलै उतरी ग्लुको त्यो शक्तीले दक्षिणी हावाको बेगमा उसलाइ टासिरहन सकेन भनिदैछ । तथापि तत्कालिन प्रयासको आन्तिम निचोडका लागि भ्रमणका शृङ्खला जारि नै छन ।

राजनैतिक बजार यतिखेर प्रमको कदम संबैधानिक वा असंबैधानिक को न्यायिक निरुपणको मूल्य तोक्नमा ब्यस्थ छ । न्यायलयको गरिमालाई राजनैतिक च्याखे दाउमा राख्ने प्रयास भैरहेको छ ।संबैधानिक वा असंबैधानिक छुट्याउने न्यायलयको संबैधानिक अधिकार र कामलाइ आन्दोलन वा अन्य गतिबिधी दुबै तरिकाबाट दबाबमा राख्ने काम आफैमा असंवैधानिक होला ।न्यायलय जे गरोस हामी संसद पुनर्स्थापना नगरी रोकिन्नौ भन्ने हो भने अलग कुरा अन्यथा अदालतको न्यायिक निरुपणको आदेश मान्नेहरुले ततक्ष्ण सम्म कुर्नुको विकल्प छैन। न्यायलयबाट संसद पुनर्स्थापित भएपनी वा प्रधानमन्त्रीको कदम बैधानिक ठरिएपनी त्यो संबैधानिक मान्नु पर्ने हो।

ब्यबस्थामाथीको प्रहार हो भन्ने नागारिक निर्क्योल हो भने आन्दोलन गते तोकेर हुनुहुन्न । स्वस्फूर्त नागरिक आन्दोलन निरन्तर हुनुपर्छ ।नागरिक यति आजित छन कि यति ठूलो घटनाक्रम सङ पनि प्रतिकृयाबिहिन देखिन्छन ।माइतिघर मन्डला र बानेस्वोरको चकर काटेर महिनौ निर्मला लाई न्याय चाहियो भन्दा प्रतिकृयाबिहिन लाचार नेतागण हामी यहाँ छौ भनेर त्यहि चिसो मा पलेटी कस्दा पनि उनिहरुका गुटका कार्यकर्ता बाहेक स्वतन्त्र नागरिक को अलिकती पनि समर्थन पाएको देखिएन ।यसको अर्थ के लाग्छ भने बिधामान परिस्थितीका दोशि ओली जति छन त्यतिकै कम्रेड सुप्रिमोको जोडि छ । बिचरा जे .एन त रास्ट्रप्रतीको मायाले हैन रास्ट्रपति पद्को लोभले प्रचन्डको पछाडी पल्लेटी कसेका हुन भन्नेहरुलाइ के जवाफ छ र खोइ ?

यो विषम परिस्थिती मा काङ्ग्रेस दोषमुक्त छ भनेर सुनपानी छर्कने अवस्था त छदै छैन । प्रमुख प्रतिपक्षीले सत्तासङगको भागबन्डामा अल्मलिएर आफ्नो पहिचान सम्म राख्न नसेकेको जनताले लगाएको दोष पछिल्लो संबैधानिक नियुक्ती सम्म सावित हुँदै छ ।लोकतन्त्र र संविधान बिरुद्धको कदम भनेर संसद विघटनलाइ आधिकारिक प्रतिक्रिया दिएपनी सत्ताको बागडोर र निर्णायक भुमिका आफ्नो पक्षमा आइरहेको देखेर झन बिचलित र द्वेद चरित्र उन्मुख देखिन्छ ।आफ्नो इतिहासको हेक्का सम्म राख्न बिर्सेको काङ्रेस जोतिषको भर मा छरे , जनस्तरमा काङ्रेस यति बिघ्न आलोचित छ कि पछिल्लो समय उसको पहिचान ओलि काङ्रेस र प्रचन्ड -माकुने काङ्रेसमा सिमित भएको अवस्था छ । देउवाको नेतृत्व आलोचित हुदापनि रामचन्द्र पौडेलप्रती भरोसा नभएको अब्स्था देखिन्छ । बिपि कोइरालाको जिन बोकेका महामन्त्रीको राजनैतिक सुजबुझ कम नै हो कि भन्ने लाग्न थालेको जानगुनासोको अवस्था छ । त्यागको छवि बनाएर नै बिदा भएका लौह पुरुष गणेशमानका पुत्र जात र काठमाडौको घेराबाट जनकपुर पुग्न यतिका बर्ष लागेको अवस्था छ ।जसपा लगायत मधेशबादि पार्टिको मधेश राजनितीनै थाकेर लखतरान छ ।बिचरा स-साना पार्टी यत्रो गन्जागोलमा के गरुन ? जनताले पत्याएकाको त यो चाला ?

फेरिपनि दलहरू सुध्रिनु आवश्यक छ भन्ने नै हो । उनिहरुले नै स्थिति सम्हालनु पर्छ । बिधमान संकट का सबै हिस्सेदार हुन । समाधान उनिहरुले नै गर्नु पर्छ । विभिन्न बिकल्पहरु माथी छलफल जरुरी छ । उपयुक्त बिकल्पमा लाग्नुपर्छ । अहिले नै प्रतिगमन र कु का लामा लम्मेतान कुरा गरेरमात्र स्थितिलाई झन तरल बनाउनु भन्दा स्थिती समाल्ने प्र्यतन हुनुपर्छ । न्यायपालिकाबाट संसद पुनर्स्थापित भएको अवस्थामा स्थिती सहजता तर्फ जाला कि भन्ने अनुमान लगाउन सकिन्छ ।

पुनर्स्थापित संसदमा अबिस्वासको प्रस्ताबबाट केपि सरकारको बहिर्गमन लगभग निस्चित छ । प्रचन्ड ३० दिने प्रम हुन् सक्छन । उनलाइ बिस्वासको मत पाउन काङ्रेसको सयोग जरुरी देखिन्छ । काङ्रेसकालागी ओलि वा प्रचन्ड भन्ने कुराले फरक नपर्ला त्यसकारण प्रचन्डलाइ बिस्वासको मत देला भन्न सकिन्न , त्यसपछि काङ्रेस,जसपा वा आन्य दललेपनि त्यो अवस्थामा बहुमत देखाउने अवस्था कम देखिन्छ । भलै ओलि समुहले प्रचन्ड -माकुने समुहलाई खाडल भित्र पार्नु मा नै आफ्नो सन्तुष्टि देख्दा काङ्रेसले सरकार बनाउला । सङसङै नेकपाको आधिकारिताको प्रश्नले यो बिषयलाइ पेचिलो पार्ला । काङ्रेस सरकार बनाउने बहुमत देखाउन असफल भएको अवस्थामा संविधान बमोजम निर्वाचनमा जादा सम्पुर्ण बिषयले ब्यबस्थापनको उचित मौका पाउला । अहिलेको बिघटनमा उल्लेखित संविधानको धाराहरु तत् समय जिवन्त हुनेछन ।

लेखक प्रदिप सत्याल समसामयिक बिषयमा कलम चलाउछन

 

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  १० : ५७ बजे