पार्टीभित्रको रिस पोख्न ओलीले प्रतिनिधिसभा भंग गरे : नेता सिंह



प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा घाेषित विराेधसभा अन्तर्गत काठमाडौंको बानेश्वर क्षेत्रमा प्रदर्शन गरेको छ । प्रदर्शनपछिको विरोध सभामा बोल्दै नेता प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीले पार्टी भित्रको रिस पोख्न ओलीले प्रतिनिधि सभा भंग गरेको बताए।

नेता सिंहले प्रधानमन्त्री ओलीले विश्वासको मत लिने आँट समेत नगरेको आरोप लगाए ।जनताले पाँच वर्षका लागि दिएको म्यान्डेटअनुसार ओलीले काम गर्न नसकेको भन्दै उनले ओलि सरकारका पालामा भ्रष्टाचार बढेको उल्लेख गरे ।

ओलिले चुनाबको कुरा गरेर लोकतान्त्रीक छबी देखाउन खोजे पनि जनप्रतिनिधिहरुबाट विश्वासको मतसमेत लिन सक्ने आँट नगरेको सिंहको भनाइ थियो ।

नेपाली कांग्रेसले संसद विघटनको विरोधमा आज देशभर प्रदर्शन गरिरहेको छ ।

 

प्रकाशित मिति : पुस १३, २०७७ सोमबार  ८ : ५८ बजे