नेपाली कांग्रेस युवा नेता गगन थापाले संसद विघटनको विषयमा सर्वोच्च अदालतले न्याय दिने आशा धेरै जनाले लिएको बताउनुभएका छ ।प्रतिनिधि सभा विघटनको बिरुद्ध पार्टीले देशैभर आयोजना गरेको बिरोध प्रदर्शनलाई नेपालगंजमा सम्बोधन गर्दै थापाले अदालतले न्याय दिने आशा व्यक्त गर्नुभएको छ ।
‘अदालतले न्याय देओस श्रीमान्, अदालत प्रति जनताको आस्था र सम्मान छ, श्रीमान न्यायको हत्या नहोस,’ सम्म्बोधनका क्रममा नेता थापाले भन्नुभयो ।उहाँले सम्बोधनका क्रममा कांग्रेसले अदालतको आदेशको पालना गर्ने समेत स्मरण गर्दै ‘अदालतप्रति कांग्रेसको भरोसा छ, कांग्रेसले अदालतको आदेशको पालना गर्छ,’ भन्नुभयो








