कम्युनिष्टहरुबाट देश चल्दैन भन्ने पुष्टी भइसक्यो : कांग्रेस महामन्त्री कोइराला



नेपाली कांग्रेसका महामन्त्री डा .शशांक कोइरालाले ओली सरकारको तीन बर्ष  कुनै  उल्लेखनिय काम नगरि सकिएको  बताएका छन् ।
आफ्नै निर्बाचन्क्षेत्र नवलपुरमा आयोजित कांग्रेसको विरोधसभालाई संवोधन गर्दै महामन्त्री कोइरालाले यस्तो बताएका हुन ।

कोइरालाले बर्तमान ओलि सरकारले चुनाब गराउनै नसक्ने भ न्दै अरुलाई देखाउन मात्रै सरकारले चुनावको मिति घोषणा गरेको जिकिर गरे ।

महामन्त्री कोइरालाले केही गर्न नसकेको ओली सरकारले संसद विघटन गरेको बताए । ओली सरकारले तीन वर्ष व्यर्थै बितायो, उनले भने, समृद्धि मुखमा मात्रै छ, व्यवहारमा छैन ।

महामन्त्री कोइरालाले कांग्रेसको एकतामा जोड दिदै एकताबद्द भएर जनताको बिचमा जान पार्टिका सबैलाई आग्रह गरे ।

कम्युनिष्टहरुबाट देश चल्दैन भन्ने पुष्टी भइसकेको दाबी गर्दै कोइरालाले कांग्रेसले मात्रै देशलाई स्थिरता बिकाश र सम्बृद्दी दिना सक्ने उल्लेख गरे ।

प्रकाशित मिति : पुस १३, २०७७ सोमबार  १२ : ०३ बजे