नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले केन्द्रीय सदस्य विस्तार गरेको छ । यही पुस १० देखि १२ गतेसम्म काठमाडाँैमा बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य सङ्ख्या एक हजार ९९ पु¥याएको हो ।
बैठकबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका संयोजक ऐन महरले अनेरास्ववियुको अन्तरिम विधान संशोधन गरी केन्द्रीय सदस्य सङ्ख्या एक हजार ९९ पु¥याइएको बताए ।
यस्तै बैठकले समसामयिक राजनीतिक र शैक्षिक प्रस्ताव तथा साङ्गठनिक कार्ययोजनासमेत पारित गरेको छ ।
बैठकले यही पुस १९ गते काठमाडौँमा भेला गर्ने, २२ गते ७७ वटै जिल्लामा जिल्लास्तरीय भेला र जिल्ला सम्मेलन आयोजक कमिटी गठन गर्ने तथा २५ गते सबै विश्वविद्यालय एकाइको बैठक/भेलाको आयोजना गर्ने भएको उपाध्यक्ष सुनिता बरालले जानकारी दिइन ।








