प्रचण्डलाई धुँदा धुदा साबुन सकियो तर सफा भएनन् – प्रधानमन्त्री ओली



प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई आफूले धेरै धुने लाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकिएको टिप्पणी गरेका छन् ।

ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रचण्डको ध्यान जहिले पनि कसरी कब्जा गर्ने भन्नेमा मात्र रहेको आरोप उनले लगाए ।

तर आफूले भने सधैँ प्रचण्डलाई मित्रताको अंगालो मात्र हाल्ने गरेको तर प्रचण्डले भने धृतराष्ट्रलले जस्तो अंगालो मारेको उनले आरोप लगाए ।

हिजोमात्र काठमाडौंको भृकुटीमण्डपमा विरोधसभा गरेर ओलीमाथी प्रचण्ड खानइएपछी आज अकस्मात ओलीले नै कार्यक्रम राख्न लगाएर उनी पनि अर्का अध्यक्ष प्रचण्डमाथि खनिएका हुन् ।

 

प्रकाशित मिति : पुस १५, २०७७ बुधबार  १२ : ३७ बजे