नेकपाको वागमती प्रदेशको संसदीय दलको नेताबाट डोरमणी पौडेललाई हटाइएको छ ।
नेकपाको प्रचण्ड-माधव समूहको बुधबार पेरिसडाँडामा बसेको प्रदेश सांसदको बैठकले संसदीय दलको नेताबाट डोरमणी पौडेललाई हटाएको हो ।
बैठकले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।
प्रचण्ड-माधव समूहले बागमती प्रदेश सभामा मुख्यमन्त्री समेत रहेका पौडेल बिरुद्ध अविश्वासको प्रस्तावसमेत दर्ता गराएका थिए ।
अब नेकपाको प्रचण्ड-माधव समूहले बागमती प्रदेश सभामा मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्यलाई अघीसार्ने भएको छ ।








