२० समानुपातिक सांसदलाई हटाउँदै मूख्यमन्त्री पौडेल



बागमती प्रदेशका मूख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहका नेता डोरमणि पौडेलले २० जना समानुपातिक सांसदलाई हटाउने प्रक्रिया थालेका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहका २० सांसदलाई उनले हटाउन लागेका हुन् ।

नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा उनले २० जनालाई नै स्पष्टिकरण सोधेको र अहिलेसम्म कसैले पनि जवाफ नदिएको बताए । बिहीबारसम्मको समय दिएकामा अहिलेसम्म कसैले जवाफ नदिएको उनले बताएका हुन् ।

मूख्यमन्त्री पौडेलले भने, ‘स्पष्टिकरण नदिए हट्छन् । हस्ताक्षर फिर्ता गर्छौं भनेर आए कार्वाही हुँदैन नत्र कार्वाही गर्छु ।’ मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ता गर्दा सहभागी भएका समानुपातिक सांसदलाई उनले हटाउन खोजेका हुन् ।

नेकपा फुटेपछि आरोप प्रत्यारोप र कार्वाहीको प्रक्रिया चलिरहँदा आफूमाथि पनि अविश्वासको ल्याउने र सबैभन्दा विरोधी प्रचण्ड–नेपाल समूहका सांसदलाई पौडेलले कार्वाही गर्न खोजेका हुन् ।

प्रकाशित मिति : पुस १६, २०७७ बिहीबार  ४ : ३७ बजे