अनेरास्ववियू प्रचण्ड नेपाल समुहद्वारा सरकारविरूद्ध आन्दोलन घोषणा



प्रचण्ड–नेपाल समूहको नेकपा समर्थित विद्यार्थी संगठन अनुरास्ववियूले सरकार विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

अनेरास्ववियूले मंगलबार पत्रकार सम्मेलन गर्दै सरकार विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

आन्दोलनका क्रममा केपी ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउनेदेखि प्रधानमन्त्रीको पुत्ला दहनसम्म कार्यक्रम राखिएको अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले बताए।

प्रकाशित मिति : पुस २१, २०७७ मंगलबार  ६ : ४० बजे