नेकपा ओलि समुहले सुदुरपश्चिम प्रदेश कमिटी विस्तार गर्दै नेता भीम रावललाई कारबाही गरी हटाएको छ । सो समूहले रावललाई निस्कासन गरेर रावालाको प्रदेश ईञ्चार्ज पदमा ओली पक्षमा रहेका पूर्व माओवादी नेता लेखराज भट्टलाई चयन गरेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रदेश कमिटीको चौथो विस्तारित बैठकले बुधबार प्रदेश कमिटी विस्तार गरी पाँच सय ५१ सदस्यीय बनाएको हो ।थापाका अनुसार पार्टीको खाताबाट पैसा निकालेकोले रावललाई कारवाही सिफारिससमेत गरिएको छ।
‘बैठकले पार्टीकाे खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेकाेमा भीम रावललाई कारबाही गर्न सिफारिशसमेत गरेकाे बताइएकाे छ,’ थापाले फेसबुकमा लेखेका छन्।
पुस २४ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा धनगढीमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उक्त कार्यक्रमलाई भव्य बनाउने योजनास्वरुप यस्तो निर्णय गरिएको अनुमान गरिएको छ ।








