नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले तोकेको मितिमा प्रधानमन्त्री के पी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा शंका रहेको बताएका छन । प्रतिनिधिसभा विघटनको बिरोधमा आयोजना गरेको काठमाडौं क्षेत्र नं ५ (ख) बिरोध कार्यक्रम सम्बोधन गर्दै देउवाले ओलीको कदम प्रजातन्त्र र संविधान विरुद्धको कदम हो भने । देउवाले अदालतमा बिचाराधिन रहेकोले अदालतको निर्णय अघि हतारमा बोल्न नहुने बताए ।
सभापति देउवाले सर्वोच्च अलातल भन्दा डुलो जन आन्दोलन हो भन्दै जुलुसको आधारमा अदालतले निर्णय गर्नु नहुने बताए ।‘अदालतले जे निर्णय गर्छ, त्यो मान्नुपर्छ । अदालतलाई प्रभावित गर्नुहुदैन । जुलुसको भरमा अदालतले निर्णय गर्नुुहुदैन । अदालतले विवेक पु¥याउने हो,’ देउवाले भने । ‘संवैधानिक मुल्य र मान्यतालाई पालना गर्ने हो । यही गर, ऊ गर भन्न मिल्दैन । संसद पुनःस्थापना भएन भने चुनाव हुने अवस्था आउँछ । चुनाव गराउन दबाब दिनुपर्छ । चुनाव लड्नका लागि तयार हुनुपर्छ ।’








