पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ६२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
४ हजार २ सय ८६ जनाको पिसिआर परिक्षणमा ३ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको छ।
तेस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय १२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ९९ जना निको भएर फर्किएका छन्।
योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ।








