२४ घण्टामा ३ सय ६२ संक्रमित थपिए ,६ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ६२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

४ हजार २ सय ८६ जनाको पिसिआर परिक्षणमा ३ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको छ।

तेस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय १२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ९९ जना निको भएर फर्किएका छन्।

योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ।

 

प्रकाशित मिति : पुस २५, २०७७ शनिबार  १२ : ४२ बजे