गायक घनश्याम रिजालले ल्याए नयाँ गीत



अहिले सडकमा राजनैतिक नारा ‘हामि यता छौँ’ चर्चित छ । यहि नारालाइ टपक्कै टिपेर गायक घनश्याम रिजालले गीत बनाएका छन् । गीतले राजनीतिक परिवेश नछोए पनि समय र परिवेशलाइ जोडेको छ । गीतमा घनश्याम रिजाल र मेनुका परियारको आवाज रहेको छ ।

शिव हमालको संगीत रहेको गीतमा शब्द घनश्याम रिजालको रहेको छ । राजेन्द्र नेपालीको सम्पादन, निर्देशन रहेको गीतको भिडियोमा राजेन्द्र नेपाली र सिमा नेपालले अभिनय गरेका छन् । गीतको भिडियो घनश्याम रिजाललको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : पुस २७, २०७७ सोमबार  १२ : २० बजे