परराष्ट्रमन्त्री ज्ञवाली भोलि भारत जाँदै



परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भोली भारत जाने भएका छन । नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन उनि तीन दिने भ्रमणको क्रममा भारत जान लागेका हुन् ।

भ्रमण टोलीमा भारतका लागि नेपालका राजदूत, परराष्ट्र सचिव, स्वास्थ्य सचिव र अन्य उच्चस्तरीय सरकारी अधिकारी सहभागी रहनेछन् । उक्त टोली माघ ३ गते नेपाल फर्किने छ ।

भ्रमणका क्रममा दुईपक्षीय व्यापार, पारवहन, ऊर्जा, सीमा विवाद, कोभिड–१९ विरुद्ध सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन र संस्कृतिलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : पुस २९, २०७७ बुधबार  ४ : ०५ बजे