सबैतिर असफल भएपछी ओलिले जनता झुक्याउन भारतिय टिभी च्यानलको सहारा लिए : प्रदिप पौडेल



कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलाले भारतीय टिभी च्यानलको सहारा लिएर जनता झुक्याउने  टेक्निक नगर्न प्रधानमन्त्री ओलीलाइ सुझाब दिएका छन ।

नेता पौडेलले सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रीया दिदै विषाक्त तरकारी आयात गर्दा परीक्षण गर्न नसक्ने,नेपालको नयाँ नक्शा सहितको पाठ्य पुस्तक प्रतिबंध गर्ने र रअ को प्रमुखसँग गोप्य भेट्ने बिषय छर्लङ्ग भएकोले बनावटी र नक्काली राष्ट्रवादले अब कोही नझुक्किने स्पष्ट पारेका छन ।

प्रधानमन्त्रीले पटक पटक राष्ट्रबादको नाममा जनता झुक्याउने गरेको स्मरण गर्दै पौडेलले पछिल्लो पटक रअ  प्रमुख सामन्त गोयलसँग बालुवाटारमै भएको गोप्य भेटघाटको प्रसङ्ग समेत उठाएका छन

उनले थप भनेका छन “ओलिको नक्कली राष्ट्रवाद सबैलाई थाहाँ भै सक्यो।”केहि दिन अघी मात्रै प्रधानमन्त्री ओलिले एक भारतिय च्यानलालाइ अन्तर्बार्ता दिए पछी पौडेलको यस्तो प्रतिक्रीया आएको हो ।

प्रकाशित मिति : पुस २९, २०७७ बुधबार  ४ : २० बजे