औषधि व्यवस्था विभागले कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ ।यससगै नेपालमा भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोना भाइरसविरुद्धको खोप आउने निश्चितप्रायः भएको छ । विभागले सेरम इन्स्टिच्यूट अफ इण्डियाले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगका लागि सःशर्त अनुमति दिइएको हो ।
‘कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो । दुई दिन अघि विभागले आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो ।आपतकालिन रुपमा प्रयोगको अनुमति पाएको कोभिशिल्ड ल्याउनेबारे भारतसँग आज कुराकानी समेत भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणका क्रममा दुई देशबीचको संयुक्त आयोगको बैठकमा यसबारे कुराकानी भएको हो ।
भारतले यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ ।











