संसद विघटन मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै गर्ने सर्वोच्चको निर्णय



सर्वोच्चमा सुनुवाइ चलिरहेको संसद विघटनसम्बन्धी मुद्दाको निरुपण संवैधानिक इजलासबाटै गर्ने निर्णय भएको छ्।

सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरासहितको संवैधानिक इजलासले शुक्रबार यस्तो निर्णय गरेको हो ।

सर्वोच्चले माघ ४ गतेबाटै यो मुद्दाको निरन्तर सुनुवाइ हुने आदेश दिएको छ। शुक्रबारको इजलासमा सरकार र रिट निवेदनका तर्फबाट बहस सकिएपछि सर्वोच्चले यस्तो आदेश दिएको हो ।

आदेशमा भनिएको छ- प्रस्तुत रिट निवेदनमा नेपालको संविधानको धारा १३७(३) बमोजिम गम्भीर संवैधानिक ब्याख्याको प्रश्न समावेश देखिएकाले निवेदकको माग बमोजिम गर्नु परेन।

रिट निवेदकहरुले  संसद विघटनको रिटलाई वृहत पूर्ण इजलासमा लैजानुपर्ने माग गरेका थिए ।

 

प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार  ११ : ५९ बजे