नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको बताएका छन्।काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन ।
उहाँ जे भन्नु हुन्छ त्यो गर्नु हुन्न। म भ्रष्टाचार गर्दिनँ गर्न पनि दिन्न भनेर उहाँ भन्नुहुन्छ। योभन्नदा भ्रष्टाचारविरोधी अर्को अभिव्यक्ति अर्को हुन्न तर भ्रष्टाचारीलाई बचाउन र जनतालाई मुर्ख बनाउन अघि सारिएको अभिव्यक्ति हो यो,’ काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा आज प्रचण्डले भने ।अदालत र अख्तियारमा भ्रष्टाचारका मुद्दा रहेकाहरूलाई न्यायाधीश बनेर प्रधानमन्त्री ओलीले सफाइ दिने गरेको आरोप प्रचण्डको छ।
अध्यक्ष प्रचण्डले सात दशक लामो संघर्षबाट प्राप्त संविधानको हत्या हुँदा प्रधानमन्त्री हासेर बसेको समेत आरोप लगाए । प्रचण्डले अहिले संविधानको हत्या हुँदा हाँस्न नसक्ने जिकिर गरे।सात दशक लामो संघर्षबाट प्राप्त संविधानको हत्या पछि केपी ओली हाँसेर बसेको प्रचण्डले टिप्पणी गरे । ‘अहिले देश तनाबमा छ । संविधानको चिन्ता छ । यस्तोमा हामी हाँस्न सक्दैनौं’, उनले भने ।








