जनतामा कांग्रेसप्रती आकर्षण बढ्दै : ओखलढुंगामा ३७ जना नेकपा कार्यकर्ता कांग्रेसमा प्रबेश



ओखलढुंगामा बिभिन्न पार्टिका ३७ जना कांग्रेसमा प्रवेश गरेका छन । जिल्लाको लिखु गाउँ पालिका वडा नम्बर ०२ हुलाक चौरमा आयोजित पार्टी प्रवेश तथा भेटघाट कार्यक्रममा प्रदेश (क्षेत्र ०२)का सांसद मोहन खड्काको दाइ चन्द्र बहादुर खड्का सहित ३७ जना कांग्रेसमा प्रवेश गरेका हुन ।

कांग्रेसमा प्रवेश गरेका चन्द्र बहादुर खड्काले आफूले नेकपा पार्टीको लागी धेरै दुख गरेको तर नेकपाका नेताहरु आफ्नो सत्ता स्वार्थ मा मात्रै लिप्त हुन थालेकाले आफुले नेकपा छोडेको बताए ।कार्यक्रममा बोल्दै पुर्व सांसद तथा नेता रामहरी खतिवडाले गता निर्बाचनमा नेकपाले सबै बुथहरुमा गुण्डागर्दी र धादली गरेकाले काङ्ग्रेस हारेको आरोप लगाए । उनले जनताले मतदान गलत ठाउँमा गर्दा अहिले संसद विघटन भएको बताए ।

तेस्तै कार्यक्रममा काङ्ग्रेस जिल्ला पार्टी सभापति प्रदिप कुमार सुनुवारले कम्युनिष्टहरु जाल र झेल गर्न सिपालु भएकोले ढाटेर झेली गरेर जितेको आरोप लगाए । नेपालको बिकास निर्माणको बधाक कमनिस्ठ भएको उनले दाबी गरे ।

प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार  ९ : ११ बजे