माघ ७ गते बुधबारदेखि वहु प्रितक्षित टेलिभिजन शो ’ऐना’ प्रशारण हुने भएको छ । विश्वप्रकाश शर्माले संचालन गर्ने कार्यक्रमको चर्चा धेरै अघिदेखि भएपनि यसको पहिलो एपिसोड बुधवार राति ९ बजे देखि कान्तिपुर टेलिभिजनमा हेर्न सकिने छ ।सामाजिक विषयवस्तुमा आधारित तर फरक प्रस्तुति सहितको टेलिभिजन शो ’ऐना’ अहिले सम्मकै ब्यापक र खोजमुलक हुने निर्माण कम्पनिले जनाएको छ ।
टिभी शोले नेपाली समाजमा हुने विभेद, अन्याय, हानिकारक प्रथा परम्परा जस्ता सामाजिक विषयवस्तुहरुको मानविय संवेदनशिलताको पक्षलाई उजागर गर्ने बताइएको छ । दिहोराइजन मल्टिमिडिया प्रालिले निर्माण गरिरहेको २६ एपिसोडको यो शो यसअघि गतकार्तिक पहिलो सातादेखि प्रसारण हुने बताइएको थियो । कोभिड–१९ का कारण शो दुई महिना पछाडि धकेलिएको हो ।देशकाविभिन्न स्थानमापुगेर सामाजिक सवाल माथि अध्ययन–अनुसन्धान, घटना र पात्रहरुको मिहीन अवलोकन, घटनासँग सम्बन्धित व्यक्तिसँग स्टुडियोमा अन्तर्वार्ता तथा विज्ञ र सरोकारवालाहरुसँग छलफल गरीकुनै पनि विषय माथिको सम्पूर्ण ‘प्याकेज’का रुपमाकार्यक्रम ‘ऐना’शो तयार गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।
कार्यक्रम छायंकनको लागि द होराइजन मल्टिमिडियाले बालाजु स्थित चलचित्र विकास कम्पनिको परिसरमा भब्य छायंकन सेट निर्माण गरेको छ । कार्यक्रममा उठाइने सामाजिक मुद्दा र सम्बन्धित विषयमा थिस्थलगत अनुसन्धान र रिपोर्टिङपश्चात् काठमाण्डौस्थित स्टुडियोमा छलफल हुन्छ । विदेशमा यस्ता खालकाविषयबस्तुहरुमासिमित टेलिभिजनशोहरु भएतापनि नेपालमाभने यो स्तरको रिसर्च, टिम, मेहनत र लगानीमाहालसम्मकै ठुलो टेलिभिजनशो हुने ऐनाकाप्रोजेक्ट हेड राधाकृष्ण धितालले दाबी गरे । ‘ऐना’को ’प्रोजेक्ट हेड’मा राधाकृष्ण धिताल, निर्देशकमा अमनप्रतापअधिकारी, प्रोड्युसरमा जनकपौड्याल, कन्टेन्ट रिसर्चमा प्रकाश लामिछाने, स्क्रिप्ट राइटरमा आन्विकागिरी, डाइरेक्टर अफ फोटोग्राफीमा प्रमोद कार्की, पोष्ट प्रोडक्सनमा रमेश थापाको टिम रहेको छ ।








