नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले संवैधानिक ‘कू’ गरेर प्रधानमन्त्री तानासाह बन्न खोजेको आरोप लगाएका छन ।
नेकपाले शुक्रबार काठमाडौंमा आयोजना गरेको प्रतिनिधिसभा विघटनविरुद्धको विरोध प्रदर्शनमा उनले यस्तो बताएका हुन ।
नेपालले भने, ‘संसारमा निर्वाचित प्रधानमन्त्री पनि तानासाह हुँदो रहेछ ।’आन्दोलनरत् नेकपाका अध्यक्ष माधवकुमार नेपालले अब प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहकार्य र एकता हुननसक्ने पनि बताएका छन्।
नेपालले आफूसँगको ५० वर्षे सहकार्यमा केपी ओलीले दुःख मात्रै दिएको बताए








