नेकपा दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमलप्रचण्डले ओलीलाई तह लगाउन नसक्नुमा आफूहरुको पनि दोष भएको बताएका छन ।
नेकपा प्रचण्ड-माधव नेपाल समूहद्वारा काठमाडौंमा आयोजित प्रतिनिधिसभा विघटनविरुद्धको विरोध प्रदर्शनमा उनले यस्तो बताएका हुन् ।
सुरुदेखि नै सहमति कडाईका साथ कार्यान्वयन गर्न सकिएको भए अहिले यो स्थिति आउने थिएन कि ? ’ प्रचण्डले भने, ‘हाम्रो संघर्षले मात्र केपी ओलीलाई ठीक ठाउँमा राख्न सकिएन ।’
उनले आफूले ओलीलाई सुधार्न नसकेको भन्दै आत्मालोचना गरे । उनले ओली प्रवृत्ति स्वीकार गर्ने भुल आगामी दिनमा नगर्ने प्रतिबद्धता जनाए ।








