कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले निहत्था नागरिकमाथी बालुवाटारमा बर्बर दमन गरेर केपी ओलीले दिनगन्ती सुरु गरेको बताएका छन ।सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रीया दिदै नेता पौडेलाले यस्तो प्रतिक्रीया दिएका हुन ।
पौडेलले नागरिक समाजले बालुवाटारमा गरेको प्रदर्शनका क्रममा प्रहरिले गरेको हस्तक्षेपलाई बर्बर दमन भन्दै आक्रोस ब्यक्त गरेका छन । लोकतन्त्रमा शान्तिपुर्ण प्रदर्शन गर्न पाउने नागरिक अधिकारको सरकारले हनन गरेको पौडेलले बताएका छन ।
संसारका हरेक तानाशाहको अन्तिम औजार दमन भएको उल्लेख गर्दै पौडेलले केपी ओलिले पनि अब दमनको औजार प्रयोग गर्न थालेको उल्लेख गरेका छन ।तानाशाहको दमनले नागरिकलाई अझै उर्जा दिने बताउदै उनले प्रतिगमनसङ्ग डटेर लड्न सबैलाई आग्रह गरेका छन ।पौडेलले “आन्दोलनको पुर्ण समर्थन सहित स्वेच्छाचारी शासकको दमनको भत्सर्ना गर्दछु” भनेका छन ।
प्रतिनिधि सभा विघटनविरुद्ध बालुवाटारमा प्रदर्शन गर्न पुगेका नागरिक समाज तथा आधिरकर्मी हरुमाथी प्रहरिले पानीको फोहोरा समेत प्रयोग गरी ब्यापक धरपकड गरेको थियो ।नागरिक प्रदर्शन माथीको उक्त चर्को धरपकडको सर्बत्र आलोचना भइरहेको छ ।








