पछिल्लो २४ घण्टामा २८३ संक्रमित थपिए , ३ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २८३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तेस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या दुई हजार २० पुगेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घस्ण्टामा २४६ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६५ हजार ६९ सय जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : माघ १४, २०७७ बुधबार  १२ : १६ बजे